Todays Date: २०८२ चैत्र २०

राजेश हमालको ‘गाउँले ठिटो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘गाउँले ठिटो’को भिडियो सार्वजनिक भएको छ।

अभिनयसमेत हमालकै रहेको भिडियो रिलिज गरिएको हो। भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन्।

गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन्।

रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा उक्त भिडियोमा रहेको छ।

भिडियोमा हमालको साथमा उत्तम केसी, गोविन्द भट्ट, एसके दाहाल लगायतको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x