काठमाडौं । मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ ।
आइतबार रिलिज गरिएको गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ । चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम ले अभिनय गरेका छन् । भिडियोको निर्देशक प्रहिल कार्की हुन् ।
उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् ।