Todays Date: २०८२ चैत्र २०

फिल्म ‘२ नम्बरी’: पलको स्थानमा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । फिल्म ‘२ नम्बरी’ मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चैत्रको १५ गतेबाट छायांकन हुने फिल्ममा सौगात मुख्य भूमिकामा देखिने पक्का भएको हो।

दुई वर्ष अगाडि यस फिल्मको मुख्य भूमिकामा अभिनेता पल शाह पक्का भएका थिए। साथै फिल्मको १० दिन जति छायांकन समेत भएको थियो।

तर कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन। अहिले भने पलको स्थानमा सौगातले अभिनय गर्ने भएका हुन्।

पलविरुद्ध एक किशोरीले जवर्जस्ती करणी गरेको उजुरी दिएसँगै उनी पकाउ परे। पल शाह यतिबेला प्रहरी हिरासतमा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x