काठमाडौं । एमई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ।
निर्देशक नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ।
सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाशप्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ। सिरियलमा उनी लोभी चरित्रका छन्।
सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर(खबपु)को अभिनय छ।
‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ ६ः३० र राती १० बजे कान्तिपुर टिभी र बेलुकी ८ बजे र राति १०ः३० बजे एम ई टिभीबाट प्रसारण हुनेछ।