Todays Date: २०८२ चैत्र २०

प्रदीप खड्काको जिज्ञासा- ‘चलचित्र क्षेत्रलाई संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत किन नराख्ने ?’

pradeep

अभिनेता प्रदीप खड्काले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्ग चलचित्र विकास बोर्ड हुँदा प्रपोगाण्डाको विषयका रुपमा मात्रै हेरिनसक्ने आशंका व्यक्त गरेका छन् ।

नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणका बारेमा जानकारी दिने उदेश्यले मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अभिनेता खड्काले नेपाली फिल्म क्षेत्रमा सञ्चार मन्त्रालय अन्तर्गत राखिनु पर्ने कुराले आफूलाई सोच्न बाध्य बनाएको तर्क गरेका हुन् ।

प्रदीपले फिल्म सञ्चार मन्त्रालय अन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताए । उनले प्रचारको लागि चलचित्रको भुमिका महत्वपूर्ण रहेको दाबी गरेका छन् ।

उनले भने, ‘म एक्सिडेन्टल (आकस्मिक कलाकार) एक्टर हुँ, अर्थात यसो गर्दा हुन्छ कि, उसो गर्दा हुन्छ कि भन्दै कलाकारिताको क्षेत्रमा आइपुगेको एउटा कलाकार हुँ । जीवनमा धेरै कुरा कोशिस गर्ने क्रममा कलाकार बनेको हुँ । चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामथ्र्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पथ्र्यो कि ? अथवा पर्यटन मन्त्रालय अन्तर्गत राखिँदा नेपाली फिल्मले नेपालको पर्यटन प्रवद्धनमा अझै धेरै योगदान दिने पो थियो कि ?’ प्रदीपको जिज्ञासा छ ।

उनले अघि थपे, ‘चलचित्रले प्रचारको एकदमै ठूलो भुमिका खेलेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर फिल्म सञ्चार मन्त्रालय अन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्ग बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रुपमा मात्रै हेरिएको छ की ?’

अभिनेता खड्काले नेपालमा चलचित्र छायांकनका लागि विदेशीहरुलाई आकर्षित गर्न नसकिएको समेत बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x