Todays Date: २०८२ चैत्र २७

‘ज्वाइँ साब’का लागि ‘प्रष्ट’ नेपाली बोल्न नितीले गरेको मेहनत

Niti

नायिका निती शाह यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा ‘लक्ष्मी’ पात्रका रुपमा दर्शकमाझ आउँदैछिन् । फिल्ममा उनको जोडी जितु नेपाल छन् । फिल्मको पोस्टर, टिजर, गीत र ट्रेलरले उनको जोडी को भन्ने प्रष्ट्याइसकेको छ ।

नितीका अनुसार फिल्म ‘ज्वाइँ साब’को स्क्रिप्ट सुनेको २० मिनेटमै उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘मलाई निर्देशक वसन्त निरौला र अनिश अधिकारीले सम्पर्क गर्नुभएपछि स्क्रिप्ट सुनें । स्क्रिप्ट सुनेको २० मिनेटमै फिल्ममा काम गर्छु भदिनिएँ । यो फिल्मको स्क्रिनप्ले राम्रो छ । मेरो क्यारेक्टर पनि राम्रो लागेकाले काम गर्न सहमत भएँ । फिल्ममा अनुबन्धित भएपछि मात्र जितु नेपाल पनि हुनुुहुन्छ भन्ने थाहा पाएँ’, निती भन्छिन् ।

नितीका अनुसार फिल्मको कथा उनकै वरपर घुमेको छ । फिल्मको कथा नै आफ्ना लागि महत्वपूर्ण रहेको उनको भनाई छ । ‘मलाई स्टोरीलाइन मन परेको थियो । फिल्मको कथा मेरै वरपर घुमेकाले पनि यो फिल्म गर्नुपर्छ भन्ने मलाई लाग्यो’, उनी भन्छिन् ।

केही समयअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएको थियो । त्यो फुटेजका विषयमा सञ्चारमाध्यममा समाचार नै बने । निती टिकटकमा फुटेज सार्वजनिक भएपछि राम्रो रेसपोन्स भएको बताउँछिन् । ‘हाँसीखुशी रातो पहिरनमा रमाएकी केटी एक्कासी त्यो अवस्थामा कसरी पुगिन् । यो कसरी सम्भव छ ? भन्ने चासो आम मानिसमा रहेछ । तर मेरो बुझाईमा जे हुन्छ राम्रैका लागि हुन्छ’, निती भन्छिन् ।

फिल्म ‘ज्वाइँ साब’का लागि नितीले ‘प्रष्ट’ नेपाली बोल्न निकै मेहनत गरेकी रहिछन् । ‘क्यारेक्टरको कुरा गर्दा मेरो टोनमा अलिकति समस्या छ । फिल्ममा संवाद बोल्दा पनि सकेसम्म ठेट नेपाली बोल्ने प्रयास गरेकी छु । तर अझ धेरै सिक्न बाँकी छ’, उनी भन्छिन् ।

उनले आफू जितु नेपालको कामबाट प्रभावित भएको खुलाइन् । ‘जितु दाई म भन्दा धेरै सिनियर । तर सेटमा ‘म सिनियर हुँ’ भन्ने देखाउनुभएन । उहाँले एकदमै सहजीकरण गर्नुभयो । काम गर्न सजिलो भयो । फिल्मको प्रोमोसनका क्रममा सँगै हिँड्दा उहाँको संघर्षलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यो मेरा लागि ‘इन्स्पायरिङ’ लाग्यो’, नितीले भनिन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x