Todays Date: २०८२ आश्विन ३०

विशाल भण्डारीको आक्रोश : ‘अब त अत्ति नै भयो’

bishal bhandari

लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट्स विथ च्याम्पियन’ का निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरेका छन् ।

निर्देशक भण्डारीले आफ्नो कम्पनी र आफूविरुद्ध गम्भीर आर्थिक र मानसिक शोषण भएकाे बताएका छन् । उनले अब त अत्ती नै भयो भन्दै आफ्नो टिमलाई सरकार र कानुन छ भने न्याय र काम गर्ने वातावरण चाहियो भन्दै आग्रह गरेका छन् ।आफूहरु यही देशमा बसेर हसाउन चाहेको पनि उल्लेख गरेका छन् ।

भण्डारीले लेखेका छन्, ‘१८–१९ महिना अघि आफूलाई एनआरएन दाबी गर्ने एक व्यक्ति ३.५ करोड लगानी गरेर ३० प्रतिशत शेयर किन्ने भन्दै कम्पनीमा प्रवेश गरे । हामी बिच भएको करारमा २४ महिना लगानी ननिकाल्ने भन्ने प्रष्ट लेखिएको पनि छ । कमेडी च्याम्पियन सिजन ३ चलाउन आवश्यक परेको १.५ करोड तत्काल दिने र पछि मुनाफाको थप गरेर ३.५ करोड पुर्याउने मौखिक भद्र सहमति भएपछि कम्पनीको कागजपत्र उनकै वकिलले शेयर कित्ता बाडफाड गरेर कम्पनी रजिष्टारको कार्यालयमा अत्यावधिक गराए(उनी र म कम्पनीको संचालक र बाँकी २ शेयर धनीलाई साधारण सदस्य रही कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरु मेरो एकल दस्तखत हुने प्रावधान बनाएर) । अनुमानित मुनाफा जोडेर मसँग ५० लाखको २ वटा २५ लाखको १ वटा अनी ३० लाखको ३ वटा चेक गरेर २ करोड १५ लाखको सेक्यूरिटी चेक पनि लिए । कमेडी च्याम्पियन सिजन ३ सकिनासाथ मसँग पैसा कहिले आउँछ, म निस्किन्छु भन्ने बहाना बनाएर संझौता विपरित मलाई पैसाका लागि यातना दिन सुरु गर्न थालियो । राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कम्पनीको चेक लगेर बैंकिङ कसुरमा मेरो विरुद्ध मुद्दा दायर गरेर मलाई दुःख दिनुसम्म दिए र दवावमा राखेर २ करोड ४० लाख असुले । हरेक बैंकिङ कारोबार बैंक टु बैंक भएकोले मसँग सबै कारोबारको प्रमाण छ । तर, धेरै गएको पैसा फिर्ता नगर्ने र जसरी पनि उनको चिनजान सम्बन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कम्पनी बाँकी शेयर धनीले विभिन्न मुद्दा हालेर हिसाब मागेको र २.४ करोड अपचलको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा चलिरहेको छ ।’

भण्डारी अगाडि लेख्छन्–‘जति गरेपनि उसले लगेको पैसा फिर्ता नगर्ने र जवरजस्ती पेलेरै जाने नियत देखाएपछि मैले बाँकी शेयर धनीलाई सहमत गराएर उसले लगेको २.४ करोड मध्ये बढी गएको ९० लाखको नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिराएर मिलापत्र गर्ने सल्लाह भयो । तर, अझै पनि मिलापत्र गर्न नआउने, हामीलाई अलमलाएर राख्ने, पैसा पनि लग्ने, मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानुनको कमजोरीलाई फाइदा उठाउँदै मुद्दाको पेसी पटक पटक सार्न लगाई दुख दिएर हैरान बनाउने, काम गर्न नदिने, कम्पनीको कार्यसम्पादनमा निरन्तर रुवाकट व्यवधान गर्ने उसको यस निकृष्ट एवं घृणित व्यवहारका विरुद्ध भण्डाफोरको उद्घोष नगरी थप सहेर बस्न नसकेको कारणले यो स्टाटस मार्फत सुकिलो अनुहार भित्र लुकेको सैतानी चेहरा उजागर गर्न बाध्य भएको हुँ ।’

भण्डारीले यो बिषयमा प्रधानमन्त्रीको सचिवालयमा जानकारी गराएर मद्दत समेत मागेको उल्लेख गरेका छन् । ती व्यक्तिले दिएको तनावका कारण आफूहरुको दैनिकीदेखि काममा नै असर परेको उनको भनाई छ ।

भण्डारीले प्रश्न गरेका छन्–‘म एक जना त २ भाई र बुबा आमा भएको देश न्यूजिल्याण्ड जाउँला, उतै बसौला । तर कम्पनीको बाँकी १०९ जना कता जाने ? के यो देशमा इमान्दारिताका साथ कला, श्रृजना, श्रम र पौरख गरीखान नपाइने हो ?’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x