Todays Date: २०८२ चैत्र २०

‘कस्तुरी’को गाउँका दृश्य र गीतबाहेकको छायांकन पूरा

REC01266.JPG

निखिल उप्रेती र वर्षा सिवाकोटीको अभिनय रहेको फिल्म ‘कस्तुरी’को गाउँको केही दृश्य र गीत थाँती राख्दै छायांकन सकिएको छ। फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो।

फिल्मका निर्देशक ऋत बोहोराले केही गाउँको दृश्य र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए। काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्म रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ। फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन्। उनी यहि फिल्मबाट निर्माताका रुपमा उदाएका छन्।

यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। आलोक शुक्लाले खिचेको यो फिल्ममा प्रमुख सह–निर्देशक ललित बिष्टले गरेका छन्। फिल्मको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन्। निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x