Todays Date: २०८२ चैत्र १९

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीतमा प्रकाश र सुहानाको नृत्य

Screenshot 2026 03 28 132233

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक छ। शनिबार निर्माण टिमले गीत रिलिज गरेको हो।

गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, प्रकाशकै शब्द तथा संगीत छ । यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। यस गीतले पनि ग्रामिण भेगका युवा युवतीको माया र उनीहरुबीचको प्रेमलाई पर्दामा झल्काउँछ।

गाउँमा भएको घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई गीतको पर्दामा देखिन्छन् । जुन गीतमा एकदमै सुहाना र प्रकाशलाई सुहाउँदो देखिन्छ । ओएसआर युटुब च्यानलमार्फत रिलिज गरिएको यस गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा सुशील पोखरेल रहेका छन्। उनको लगानीमा बनेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाको छ।

सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’को नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x