Todays Date: २०८२ चैत्र १९

विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर

663233981 1418436666962836 4434841769092431136 n

चैत्र २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनपूर्ण ट्रेलर बिहीबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा विराज भट्टको रोमान्ससँगै दमदार एक्सन र संवाद छ । ट्रेलरमा सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ ।

फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रुपमा छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन् ।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।

मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेर बहादुर लामाको छायांकन छ । यो ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । सुनिल राई आर्ट निर्देशक रहेको फिल्ममा नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डिरेक्टरको रुपमा छन् । अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x