Todays Date: २०८२ चैत्र २७

२०८२ मा नेपाली फिल्मकाे व्यापार १ अर्ब ८ करोड

film hall

चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी २०८२  सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्।

बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ।

वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ। बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ।

व्यापारिक तथ्याङ्कतर्फ हेर्दा नेपाली चलचित्रले यस वर्ष रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ। नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ। तथ्यांकअनुसार यो बर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढि दर्षकले स्वदेशी  चलचित्र सिनेमा हल गएर हेरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x