Todays Date: २०८२ चैत्र २७

यी हुन् २०८२ का १० सबैभन्दा कमाउने नेपाली फिल्म (सूचीसहित)

hit film 2082

नीर शाह स्टारर परान २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ। यस फिल्मका ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन्।

यस वर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाह स्टारर आबाट आमा रहेको छ भने तेस्रो स्थान जेरी अन टप को हो। चौथो स्थानमा ऊनको स्विटर परेको छ।

‘परान’ स्पष्ट रूपमा वर्षकै सबैभन्दा ठूलो हिट बनेको छ। ‘आबाट आमा’ र ‘जेरी अन टप’ पनि ठूला व्यावसायिक सफल फिल्मका रूपमा रहेको देखिन्छ। मिड-रेन्ज ब्लकबस्टरमा जारी २, बलिदान, र मोहर जस्ता फिल्महरूले राम्रो प्रतिस्पर्धा गरेका छन्।

गत बैशाख १ गतेदेखि १८ चैतसम्म प्रदर्शनमा आएका यी फिल्मको तथ्यांकमा, ‘आबाट आमा’ र हामी तीन भाइ हाल पनि हलमा प्रदर्शन भइरहेकाले बक्सअफिस कमाइ अझै वृद्धि हुन सक्ने देखिन्छ। यस वर्ष कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन्।

यस्तो छ शीर्ष १० को सूची :

१) परान- १७ करोड ७६ लाख ८४ हजार ४१० नेरु ग्रस

२) आबाट आमा- १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस

३) जेरी अन टप- १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस

४) उनको स्विटर- ११ करोड ४१ लाख ९२ हजार १९५ नेरु ग्रस

५) जारी २- ६ करोड २४ लाख १७ हजार ४५३ नेरु ग्रस

६) बलिदान- ५ करोड १० लाख ५१ हजार १७२ नेरु ग्रस

७) मोहर- ५ करोड ८ लाख ९५ हजार ५१२ नेरु ग्रस

८) हरिबहादुरको जुत्ता- ४ करोड ७१ लाख ३८ हजार ६८७ नेरु ग्रस

९) माग्ने राजा- ४ करोड ६९ लाख ४३ हजार ६५१ नेरु ग्रस नेरु ग्रस

१०) माइतीघर- ४ करोड १६ लाख ३१ हजार ८६३ नेरु ग्रस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x