
सञ्चारकर्मी जीपी तिमल्सेना विरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगु का अनुसार, पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी ले सोमबार आफूविरुद्ध अभद्र व्यवहार गरिएको आरोप लगाउँदै जाहेरी दिएकी हुन्।
‘जाहेरी प्राप्त भएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढाइनेछ,’ डिएसपी जबेगुले जानकारी दिए।
उषा खड्गी र जीपी तिमल्सेना पूर्व पति–पत्नी हुन्। यसअघि पनि उषाले सामाजिक सञ्जालमार्फत पूर्वपतिले आफूलाई दुःख दिएको उल्लेख गरेकी थिइन्।
यी दुईबीच २०७९ सालमा सम्बन्धविच्छेद भएको थियो। प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।