Todays Date: २०८२ चैत्र २७

‘एक्का तीन’मा पुष्प फाइनल, पूजासँग जोडी पक्का

puspa khadka

‘दान्भी’ निर्देशक रुपेश तामाङ यतिबेला नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको तयारीमा छन् । गत असारमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्म निर्माणको औपचारिक घोषणा गरेका थिए । त्यही बेला फिल्मको मुख्य अभिनेत्रीमा पूजा शर्मा हुने जानकारी पनि गराइएको थियो । अब यस फिल्ममा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ ।

मंगलबार निर्देशक तामाङले पुष्पलाई फिल्मको मुख्यमध्ये एक भूमिकामा अनुबन्धित गरेका हुन् । फिल्ममा पुष्प पूजाको जोडी बनेर प्रस्तुत हुनेछन् । यो उनीहरूको दोस्रो सहकार्य हुनेछ । यसअघि दुवैले फिल्म ‘छत्तीसको आँकडा’मा काम गरिसकेका छन् । फिल्ममा पुष्प र पूजा दुवै एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

निर्देशक तामाङका अनुसार फिल्मबाट एकजना नव-नायक र एकजना नव-नायिकालाई भित्र्याउने तयारी पनि गरिएको छ । नयाँ कलाकारबारे केही दिनमा जानकारी गराइने उनले बताए । यसपटक फिल्ममा कथासहित एक्सन र सस्पेन्स बलियो हुने उनको दाबी छ । निर्देशनको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ । ‘दान्भी’अघि उनले ‘जय शम्भो’ बनाएका थिए ।

आगामी जेठ महिनाबाट छायांकन सुरु हुने यस फिल्ममा सुमन गजमेरको लेखन रहेको छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । ‘महापुरुष’ र ‘बाबरी’मा उनले सह-निर्देशकको रुपमा समेत काम गरेका छन् । ‘एक्का तीन’लाई जुना फिल्म्स र अधिरा फिल्म्सले निर्माण गर्नेछन् । यो फिल्मको दोस्रो श्रृंखला पनि निर्माण गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x