Todays Date: २०८२ मंसिर २८

विवाहको ७ वर्षपछि आमा बन्दै अशिष्मा

aashisma nakarmi

फिल्म ‘अन्तराल’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री अशिष्मा नकर्मी आमा बन्ने भएकी छन् । उनले सोमबार आफु आमा बन्न लागेको कुरा फेसबुक मार्फत जानकारी गराएकी हुन् ।

विवाहपछि श्रीमानसँग अमेरिकामा बस्दै आएकी उनले आफ्नो बेबी बम्पसहितको तस्वीरहरु सेअर गर्दै खुसी साटेकी हुन् । उनले पोस्ट गरेको तस्वीरमा उनी निकै खुशी देखिएकी छन् ।

२०७४ सालमा नविनचन्द्र प्रधानसँग बन्धनमा बाँधिएको ७ वर्षपछि उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन् ।

उनले तस्वीर सँगै मिठो क्याप्सन पनि लेखेकी छिन्,-‘हामीले सबैभन्दा मीठो रहस्यलाई लुकाउँदै आयौं । र, अब संसारसँग हाम्रो खुसी सार्वजनिक गर्ने बेला आएको छ । लामो प्रतीक्षापछि हाम्रो प्रार्थनाको जवाफ मिलेको छ । मार्च २०२५ मा हाम्रो खुसीको सौगात आउँदैछ ।’

‘अर्धकट्टी’ फिल्मको ‘फिगर कोकाकोला’ गीत मार्फत दर्शकमाझ चिनिएकी अशिष्माले ‘मेला’ र नेवारी भाषाको फिल्म ‘लाखे आजु’,‘तोरी लाउरे’, ‘लभ यु बाबा’, ‘बाटो मुनीको फुल २’, ‘संरक्षण’ लगायतका फिल्ममा काम गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x