‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

mirmire 1

गत वर्ष बाबु र छोराबीचको इमोस्नल सम्बन्ध रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा ४८ करोड हाराहारीको व्यापार गर्दै सर्वकालिन ब्लकबस्टर फिल्मको रेकर्ड राख्यो । यो वर्ष बाबु र छोराकै कथा समेटिएको फिल्म ‘परान’ले १७ करोड बढी ग्रस गर्दै सुपरहिटको ट्याग पाइसकेको छ ।

यही पेरीफेरीमा आगामी माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदैछ । फिल्ममा बाबु र छोरीको कथा देखाइएको छ । सन्तानप्रति बाबुआमाले गर्ने अथाहा स्नेह र त्याग फिल्ममा छ । आमाले घर छोडेपछि घरमा रहेका छोरी र बाबुको संघर्ष र भावनात्मक सम्बन्धलाई फिल्ममा देखाइएको छ । घरमा आमा नहुँदा एउटा बाबुले छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै कसरी गर्छन् भन्ने कथा नै मिरमिरे हो ।

यो फिल्मका निर्देशक यम शेर्पा आफ्नाे फिल्ममा बाबुछाेरीकाे कथा देखाइएकाले ‘पूर्णबहादुरकाे सारंगी’ र ‘परान’ जस्तै दर्शकले मनपराउनेमा ढुक्क छन् । ‘हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,’ फिल्मका लेखक तथा निर्देशक यम शेर्पा भन्छन्, ‘बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।’

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x