Movies

‘झिंगेदाउ २’को प्रदर्शनअघि युट्युबमा सार्वजनिक भयो ‘झिंगेदाउ’

व्यवसायिक सफल फिल्म ‘झिंगेदाउ’ युट्युबमा सार्वजनिक गरिएको छ । यसको सिक्वेल ‘झिंगेदाउ २’ प्रदर्शनमा आउनुअघि पहिलो भाग युट्युबमा रिलिज गरिएको हो । 

‘झिंगेदाउ’ शुक्रबार ओएसआर मुभिजमार्फत सार्वजनिक गरिएको छ ।

२०७९ सालमा हलमा प्रदर्शनमा आएको ‘झिंगेदाउ’ व्यावसायिक रूपमा सफल फिल्म हो । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी, मुकुन भुसाल, आँचल शर्मा, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी र विजय देउजालगायत कलाकारको अभिनय छ ।

‘झिंगेदाउ २’ को निर्देशन पनि ज्ञानेन्द्र देउजाले नै गरेका हुन् । असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा पहिलो भागका धेरैजसो कलाकार दोहोरिएका छन् । त्यस्तै, महेश त्रिपाठी र आर्यन सिग्देललगायत कलाकारको समेत प्रमुख भूमिका छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments