Todays Date: २०८२ फाल्गुन ३०

विष्णु माझीको तीज गीत ‘म न नराउरी’ सार्वजनिक

image 12

लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीको तीज गीतले सधैं नै चर्चा पाउँछ । विष्णु माझीको गीत नआएसम्म तीज नै आएन भन्नेहरू पनि छन् । उनै, माझीको स्वरमा समावेश ‘म त नराउरी’ बोलको तीज गीत सार्वजनिक भएको छ । ‘पुतलीको भट्टी–२१’ अन्तर्गत यो तीज गीत सार्वजनिक गरिएको हो ।

करिब १४ मिनेट लामो यो गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । सुन्दर मणीकै निर्माण तथा निर्देशनमा तयार भएको तीज गीतमा मौसम हिमालीको कोरियोग्राफी छ । प्रवीण भट्टको सम्पादन रहेको भिडियोमा ललिता पौडेलले अभिनय गरेकी छिन् । सार्वजनिक गीतले छोरा र छोरीबिचको भेदभावलाई उठान गरेको छ ।

गीतमा दाजुभाइले मीठो मसिनो खादा, बाबु आमाको साथ पाउँदा आफूले नपाएको भन्दै एक चेलीको पीडा पोखिएको छ ।

गायिका माझी गुमनाम छिन् । उनको स्वर मात्र श्रोताले सुन्न पाउँछन् । उनी हरेक वर्ष तीजमा एउटा गीत सार्वजनिक गर्छिन् । गायिका माझी किन यसरी लामो समयदेखि गुमनाम छिन् भन्ने कसैलाई पनि थाहा छैन ।

तर, उनको तीज गीतले भने सधैं नै हंगामा मच्चाउँछ । सार्वजनिक भएसँगै सामाजिक संजालमा यो तीज गीतको चर्चा सुरु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x