
गायिका प्रीति आले र गायक सूर्य राई दनुवारको स्वरमा रहेको नयाँ गीत ‘बरको छायाँले’ सार्वजनिक भएको छ। लोक र आधुनिक संगीतको मिश्रणमा तयार पारिएको यो गीत दोहोरी ब्याटल शैलीमा प्रस्तुत गरिएको छ।
गीतको शब्द नारायण नेपालले लेखेका छन् भने संगीत गायक सूर्य राई दनुवारले दिएका छन् । गीतको एरेञ्ज सञ्जय हमालले गरेका छन्।
सुरेन्द्र बसेलको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा गायिका प्रीति आले, गायक सूर्य राई दनुवारसँगै उमेश कुमार, शीला गजुरेल, सुमन ज्योति न्यौपानेलगायतका कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ।
गीतको भिडियो जेएमडि क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले श्रोता तथा दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ।