Todays Date: २०८३ जेष्ठ ३१

‘रोल नं १’ को मर्मस्पर्शी ट्रेलर : गरिब भएकैले शिक्षाबाट बञ्चित हुनुपर्ने यथार्थ चित्रण

image 2

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु प्रस्ट पार्ने प्रयास गरेको छ । सामाजिक प्रतिष्ठाका लागि अभिभावकले आफ्ना सन्तानलाई दिने पढाइको दबाब र त्यसले बच्चामा पार्ने प्रभावलाई ट्रेलरमा देखाइएको छ ।

एक बाबु-छोरालाई केन्द्रमा राखिएको ट्रेलरमा आफ्नो इज्जतका लागि बाबुले छोरालाई कक्षाको प्रथम हुन दिएको दबाब, गरिबीकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था, छात्रवृत्ति पाउन गरिब परिवारले गर्नुपर्ने सघंर्ष, पढाइको दबाबले बाल मनोविज्ञानमा पारेको प्रभावलाई मर्मस्पर्शी रूपमा चित्रण गरिएको छ । ट्रेलरमा फिल्मको दृश्यभाषा बलियो देखिएको छ ।

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘आँखा’ निर्देशन गरेका थिए । 

विनोद पौडेल र जाह्नवी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । फिल्ममा महेश दवाडीको लेखन, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व संगीत तथा उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ । यतिबेला फिल्ममा समावेश ‘म्याग्दी रुमाले’ गीत चर्चामा छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x