Todays Date: २०८२ मंसिर २८

डेनिला कार्कीले जितिन् ‘मिसेज नेपाल वर्ल्ड २०२४’को उपाधि

mrs nepal home

सेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् ।

शनिबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न भएको ‘मिसेज नेपाल वर्ल्ड २०२४’ प्रतियोगितामा कार्कीले विजयी हुँदै उपाधि जितेकी हुन् ।

प्रतियोगी नम्बर २१ की कार्कीले यो उपाधि जितेर आगामी मिसेज वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् । प्रतियोगिता रिबन इन्टरटेनमेन्टले आयोजना गरेको थियो ।

प्रतियोगितामा सुयाशा राउत (प्रतियोगी नम्बर १०) मिसेज नेपाल इन्टरनेशनलको उपाधि विजेता घोषित भइन्, जसले सिंगापुरमा हुने मिसेज इन्टरनेशनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसै गरी, प्रतियोगी नम्बर २६ की रेश्मा घिमिरे मिस नेपाल इन्टरनेशनलको उपाधि जित्दै, मिस इन्टरनेशनलको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।

यस प्रतियोगितामा अन्य उत्कृष्ट प्रतियोगीहरूलाई पनि रनर-अपको सम्मान दिइएको थियो। प्रतियोगी नम्बर १३, अलिना घिमिरे फर्स्ट रनर-अप, किरण कार्की (प्रतियोगी नम्बर १९) सेकेन्ड रनर-अप, र अनु कार्की (प्रतियोगी नम्बर ४) थर्ड रनर-अप घोषित भए।

प्रतियोगिता नेपाली विवाहित महिलाहरूको सुन्दरता, आत्मविश्वास, र प्रतिभालाई सम्मान गर्दै आयोजना गरिएको हो। रिबन इन्टरटेनमेन्टका प्रमुख निशुकान्त झाले नेपाली महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिन यो प्रतियोगिता आयोजना गरेको बताए।

अश्विनीकान्त झाको कोरियोग्राफीमा सम्पन्न यो प्रतियोगिताको प्रमुख निर्णायक सिएनएन हिरो अनुराधा कोइराला थिइन् भने अन्य निर्णायकहरूमा कलाकार केदार घिमिरे, पत्रकार अखण्ड भण्डारी लगायत थिए।

mrs nepal4
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x