Todays Date: २०८२ कार्तिक १९

अन्यायको विरुद्ध लड्ने पात्रको संघर्ष रहेको ‘परिवर्तन’को टिजरमा सुशीलको एक्सन अवतार

SUSHIL SHRESTHA

फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको छठ पर्वको अवसर पारेर सोमबार युट्युबमार्फत सार्वजनिक टिजरले फिल्मको कथा र पात्रको संघर्षको झलक प्रस्तुत गरेको छ ।

अन्यायको विरुद्ध लड्ने पात्रको संघर्षलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत छन् ।

टिजरमा सुशीलसहित करिश्मा मानन्धर, अञ्जना बराइली, हेमन्त बुढाथोकी, सिरू विष्ट लगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ । करिश्मा विद्रोही महिलाको रूपमा देखिएकी छन् भने अञ्जना इन्स्पेक्टर (प्रहरी निरीक्षक)को भूमिकामा छिन् । टिजर हेर्दा फिल्मले नेपाल-भारत सीमा क्षेत्रमा नेपालीमाथि भइरहेको अन्याय र अत्याचारलाई मुख्य विषय बनाएको देखिन्छ ।

विजय केरुङको निर्देशनमा बनेको यो फिल्ममा सरोज खनाल, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी, शंकर श्रेष्ठ, आशा पौडेल लगायतको पनि अभिनय रहेको छ । फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । यसमा उनी स्वयंको कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।

‘शिवाजी: द बोस’, ‘नानाकु प्रेमथो’ जस्ता चर्चित भारतीय फिल्ममा साउन्ड डिपार्टमेन्टमा काम गरेकी गीता गुरप्पा ‘परिवर्तन’मा साउन्ड डिजाइनरको रूपमा छिन् । यसमा शिव ढकालको डिओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा एसडी योगीको संगीत रहेको छ । फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्ने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x