‘कल्ली’मा सौगात, नाजिर, वर्षा र सुलक्षण

kalli poster released

आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कल्ली’को तिहारको अवसरमा आइतबार तीनवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । लक्ष्मण सुनारको कथा तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरले पात्रहरूको चरित्रचित्रण र कथावस्तुबारे संकेत गर्छ । तीन पोस्टरमा तनाव, क्रोध र पीडाको मिश्रण छ ।

पहिलो पोस्टरमा सौगात मल्ललाई कुदिरहेका दृश्यमा देखाइएको छ, जहाँ उनलाई घोडामा सवार केही मानिसहरू पछ्याइरहेका छन् । दोस्रोमा नाजिर हुसेन र वर्षा राउत निराश मुद्रामा प्रस्तुत छन् । तेस्रोमा सुलक्षण भारती महिलाको गहना लगाएर हातमा भालासहित क्रोधित मुद्रामा देखिएका छन् । यी तीन पोस्टरले फिल्मप्रति दर्शकमा थप उत्सुकता जगाएको छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्ममा उत्तम प्रधान, अर्पण थापा, बेनिशा हमाल, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी लगायतको पनि अभिनय रहेको छ । फिल्ममा उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारमा छन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ममा आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत, महेश दवाडीको लेखन, एनवी महर्जनको द्वन्द्व निर्देशन, निशाल पौडेलको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई भारत र पाकिस्तानमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । त्यसका लागि फिल्मको हिन्दी भाषामा डबिङ गरिँदैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x