
कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बालगायक अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । वर्तमान समाज मन अनि धन बीचको टकराव र अशोक दर्जी कसरी जिरो देखिको हिरोको यात्रामा अगाडि बढेका छन भन्ने बिषयलाइ भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।
बाटोमा गीत गाउदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसँग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्मको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन् । यस्तै जी।पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए।आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।