‘जेरी अन टप’पछि दोस्रो धेरै कमाइ दशैंको फिल्म ‘बलिदान’ले गरेको छ । ५ करोड १० लाख ३४ हजारको व्यापार गरेको यो फिल्मको १ लाख ७१ हजार ६३ वटा टिकट बिक्री भएको बोर्डको तथ्यांकमा देखिन्छ । दशैंमा नै रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ४ करोड ७१ लाख ३७ हजार कमाउँदै तेस्रो स्थानमा छ । यसको १ लाख ४९ हजार २६७ वटा टिकट बिक्री भएको छ ।
त्यस्तै, दशैंमा आएको ‘माइतीघर’ले कमाइमा चौथो स्थान ओगटेको छ । यसको १ लाख ४३ हजार ७१२ वटा टिकट बिक्री हुँदा ४ करोड १५ लाख ५१ कमाइ भएको छ । भाइटीकाको दिन रिलिज भएको फिल्म ‘वरिष्ठ बलराम’ कमाइमा पाँचौं स्थानमा छ । बोर्डको तथ्यांक अनुसार यो फिल्मले गत शनिबारसम्म २ करोड ४८ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ ।
भाइटीकाको भोलिपल्ट रिलिज भएको ‘मैझारो’ कमाइको मामलामा छैटौं स्थानमा देखिएको छ । यसले १ करोड ९५ हजार कमाएको छ । सात फिल्ममध्ये सबैभन्दा न्यून कमाइ भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘सोल्टिनी’को छ, जसले ३० लाख पनि कमाउन सकेको छैन । यसले गत शनिबारसम्म जम्मा २८ लाख ८० हजार कमाइ गरेको छ ।
अघिल्लो दशैं र तिहारमा नेपाली फिल्मले झन्डै ९० करोडको व्यापार गरेका थिए । तर, यसपालि त्यसको आधाभन्दा पनि कम व्यापार भएको छ । सात फिल्मले एक महिनाको अन्तरालमा लगभग २९ करोड कमाएका छन् । यो व्यापारलाई उत्साहजनक नै मान्न सकिन्छ । किनभने, जेनजी आन्दोलनपछिको विषम परिस्थिति र बाढोपहिरोको प्रकोपबीच यो आम्दानी भएको हो ।
यसपालिको दशैं र तिहारमा प्रदर्शन भएका सात फिल्मले घरेलु बक्स अफिसमा गरेको व्यापार सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक १५ गतेसम्मको तथ्यांकमा सबैभन्दा धेरै कमाइ फिल्म ‘जेरी अन टप’ले गरेको देखिन्छ । यसले ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री गर्दै १० करोड ५१ लाख ४८ हजार कमाएको छ ।
