Todays Date: २०८२ मंसिर २८

फिल्म ‘कुमारी’ माघ २३ गते रिलिज हुने, पहिलो गीत सार्वजनिक

image

निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’ ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । ‘कुमारी’ आगामी माघ २३ गते (फेब्रुअरी ५) मा देशभर प्रदर्शनमा आउने भएको छ । रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले फिल्मले युवा दर्शकलाई विशेष लक्ष्य लिएको बुझिन्छ ।

यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सामाजिक सञ्जालमा ठुलो चर्चा बटुलेको थियो । गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेष गरी ‘जेन-जी’ (Gen-Z) पुस्ताबिच निकै लोकप्रिय बन्दै गएको छ ।

फिल्मका मुख्य कलाकारफिल्मको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै फिल्ममार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायतका कलाकार पनि फिल्ममा देखिनेछन् ।

फिल्म ‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका फिल्मका लागि चिनिन्छन् । पछिल्ला वर्षहरूमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन् । उनका अनुसार ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो ।

फिल्मका सम्पूर्ण गीतमा केहर सिंह लिम्बूले स्वर दिएका छन् । यसमा केहरसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ । बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । कार्यकारी निर्माताको भूमिकामा केदार भुसाल रहेका छन् । यसमा विकास सुवेदीको लेखन, सुशन प्रजापतिको छायांकन सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, किरण थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x