Todays Date: २०८२ मंसिर २८

म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

image 1

फिल्म ‘रोल नं. १’ को छायांकन सुरु भएको छ । निर्माण टिमले दुई हप्ता लामो गहन कार्यशाला (वर्कशप) पछि छायांकनमा निस्किएको जानकारी दिएको छ । फिल्मको छायांकन म्याग्दी बाट सुरु गरिएको निर्माण टिमले जनाएको छ । निर्माता विनोद पौडेलका अनुसार फिल्मको सुटिङ करिब डेढ महिना लामो हुनेछ ।

निर्माता पौडेलका अनुसार फिल्म ‘रोल नं. १’ ले भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीहरूले भोग्नुपर्ने मनोवैज्ञानिक दबाबको कथालाई समेट्नेछ ।’सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो फिल्मले उठाउनेछ’, पौडेलले भने ।

यसअघि सार्वजनिक गरिएको फिल्मको फर्स्ट लुक्स पोस्टरमा कक्षाकोठामा एक बालकले हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । कक्षाभरि निलो सर्ट लगाएका विद्यार्थीहरू थिए भने अगाडि कालोपाटी र नजिकै एक शिक्षिकाको उपस्थिति थियो । फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि उनी स्वयंले लेखेका हुन् ।

फिल्मको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माताका रूपमा रहेका छन् । रमेश चौलागाईं कार्यकारी निर्माता हुन् । यसमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको सङ्गीत, शिवराम श्रेष्ठको छायांकन, मदन घिमिरेको सम्पादन, कला संग्रौलाको प्रोडक्सन डिजाइन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x