Todays Date: २०८२ माघ १

‘द ब्ल्यू लाइट’को टिजरमा लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म

the blue light posters

अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको फिल्म ‘द ब्लू लाइट’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । १२ मंसिरबाट पोस्टपोन्ड भएर पुष १० गते पुगेको यो फिल्म अब आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार टिजर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा फिल्म ‘आ बाट आमा’ पनि प्रदर्शन हुँदैछ ।

टिजरले फिल्मको कथावस्तुबारे संकेत गर्दै दर्शकलाई मनोवैज्ञानिक तनाव र रहस्यको अनुभूति गराउने प्रयास गरेको छ । प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दाजस्ता पक्षहरू समेटिएको टिजरमा मुख्य पात्रहरूबीच देखिएको अविश्वास र त्यसले निम्त्याउने द्वन्द्व, तनाव र रहस्यलाई थ्रिलर शैलीमा प्रस्तुत गरिएको छ ।

बलिराम चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सुरक्षा इटानी लगायतको अभिनय रहेको छ । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् । फिल्मलाई निर्देशक चौहान स्वयंले निर्माण गरेका हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, मोहक श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगीको संगीत, रोशन श्रेष्ठको आयुष्मान निर्देशन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहेको छ । यसमा बेनिशासँगै छायाँकार नरेन्द्र मैनाली कार्यकारी निर्माताको रुपमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x