Todays Date: २०८२ माघ १

छोरीलाई ‘बडी सेमिङ’ गर्नेहरुप्रति करिश्माको आक्रोश- कम्तीमा जनावरजति विवेक त राख्नुस्

Karishma Manandhar

अभिनेत्री करिश्मा मानन्धरले छोरी कवितामाथि ‘बडी-सेमिङ’ भएपछि कानुनी बाटो अपनाउने चेतावनी दिएकी छन् । उनले शुक्रबार फेसबुकमा एक पोस्ट लेख्दै कम्तीमा जनावर जत्तिको विवेक राख्न अनुरोध गरेकी छन् । ‘स्क्रिन सट’ समेत सेअर गरेकी उनले आफूसँग छोरीको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो भनेर प्रश्न पनि गरेकी छन् ।

उनले लेखेकी छन्, ‘मेरो छोरीमाथि बारम्बार बडी-सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ-यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ? के सुन्दरता कुनै एउटै मापदण्डमा सीमित हुन्छ ? यदि त्यस्तो हो भने, के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन् ?’

हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुने र व्यक्ति जस्तो छ, त्यस्तै भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार भएको उनको भनाइ छ । उनले आफ्नो सन्तान र आफूप्रति सचेत रहनु के अपराध भयो भनेर प्रश्न पनि गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘कि हामी जे जस्तो भौतिक रुपमा छौं, त्यो देखिएबापत मौन भएर लुकेर बाँच्नुपर्ने हो ?’

करिश्माले आफ्नो सहनशीलताको पनि सीमा रहेको उल्लेख गर्दै यस्ता गतिविधिले आफू वा आफ्नो परिवारलाई मानसिक क्षति पुर्‍याएको खण्डमा कानुनी बाटो अपनाउने अधिकार आफूमा सुरक्षित रहेको बताएकी छन् । उनी लेख्छिन्, ‘यो चेतावनी होइन-आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो ।’

उनको थप भनाइ यस्तो छः

‘मेरो छोरीमाथि बारम्बार बडी-सेमिङका टिप्पणीहरू गरिन्छ । उसको परिस्थिति के हो, उसले के भोगिरहेकी छ—यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ ? के सुन्दरता कुनै एउटै मापदण्डमा सीमित हुन्छ ? यदि त्यस्तो हो भने, के त्यो मापदण्डमा नपरेका मानिसहरूले मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन् ? यो संसार विविधताले भरिएको छ । के विविधता नै कुरूपता हो ? होइन । हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्य हुन्छ । ऊ जे जस्तो छ, त्यही भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो । मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो ? गल्ती कहाँ भयो ?

आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो ? आफुप्रति सचेत रहनु मेरो अपराध हो ? कि हामी जेजस्तो भौतिक रुपमा छौं, त्यो देखिएबापत मौन भएर लुकेर बाँच्नुपर्ने हो ? हामी जे जस्ता छौँ, प्रकृतिले बनाएका हौँ । त्यसमा हामीलाई कुनै गुनासो छैन। यसैमा हामी सन्तुष्ट र खुसी छौँ । तपाईंलाई मन पर्दैन भने नहेर्नुस् । तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईंमै पर्छ ।

मेरो सहनशीलताको पनि सीमा छ । यदि यस्ता गतिविधिले मलाई वा मेरो परिवारलाई मानसिक क्षति पुर्‍यायो भने, कानुनी बाटो अपनाउने जानकारी र अधिकार मसँग छ । यो चेतावनी होइन-आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x