Todays Date: २०८२ माघ १

‘कल्ली’ टिजरः मानिस भित्र रहने देवता र राक्षसको कथा

kalli

फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । सुनारकै कथा रहेको फिल्ममा महेश दवाडीको लेखन छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ ।

फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा देखिएका छन् । नायिका परिक्षा लिम्बुलाई टिजरको अन्तिममा देखिएकी छन् ।

निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन् ।

फिल्मले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ । यो फिल्मले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा यो फिल्म निर्माण भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x