Todays Date: २०८२ माघ १

‘मुगलान’को कमाइ ६ लाख मात्रै, परान र ‘झरीपछिको इन्द्रेणी’ ले कति कमाए ?

boxoffice

चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी र टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो ।

गत मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘हर्ष’ ले पुस १९ गतेसम्म कुल २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ । एकता पौडेल निर्देशित यस फिल्मका ८ हजार ८६८ टिकट बिक्री भएका छन्। फिल्ममा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह र वर्षा राउतलगायत कलाकारको अभिनय छ।

मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले सोही अवधिमा २१ लाख ५८ हजार ४०२ रुपैयाँ आम्दानी गरेको छ। सुशान्त गौतम निर्देशित यस फिल्मका ६ हजार ८९२ टिकट बिक्री भएका छन्। फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ।

मङ्सिर २६ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पीआर’ ले ६ लाख ८२ हजार २८३ रुपैयाँ कमाइ गरेको छ। शोभित बस्नेत निर्देशित यस फिल्मका कुल २ हजार १६६ टिकट बिक्री भएका छन्। फिल्ममा सुरज पौडेल, विनिता कार्की, नीर शाह र गौरी मल्ललगायत कलाकार देखिन्छन्।

पुस ४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले पनि घरेलु बक्सअफिसमा अपेक्षाअनुसारको कमाइ गर्न सकेको छैन। अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित यस फिल्मले हालसम्म ९३ लाख ८३ हजार ५१६ रुपैयाँ आम्दानी गरेको छ। फिल्मका २९ हजार ६८३ टिकट बिक्री भएका छन्। भ्रष्टाचार र बेथितिविरुद्धको विषय उठान गरिएको यस फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय छ।

पुस १० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मुगलान’ ले ६ लाख ५ हजार २९४ रुपैयाँ कमाइ गरेको छ। आशिष ढकाल निर्देशित यस फिल्मका २ हजार २८८ टिकट बिक्री भएका छन्। फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसीलगायत कलाकार देखिएका छन्।

हाल प्रदर्शनरत फिल्महरूमध्ये कात्तिक १४ गतेदेखि प्रदर्शन सुरु भएको फिल्म ‘परान’ ले उल्लेखनीय कमाइ गरेको छ। दीपकप्रसाद आचार्य निर्देशित यस फिल्मले ५१ औँ दिनसम्म १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ आम्दानी गरेको छ। फिल्मका ६ लाख २८ हजार ७९३ टिकट बिक्री भएका छन्। यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी र सुव्रत आचार्यलगायत कलाकारको अभिनय छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x