Todays Date: २०८२ मंसिर २८

‘छक्का पन्जा’को पाँचौ सिरिज बन्ने, नायिकामा वर्षा

445522964 311626488656345 6377713359435333385 n

नायिका वर्षा सिवाकोटीले फिल्म ‘छक्का पन्जा ५’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले सिवाकोटीसँग केही दिन अगाडि फिल्मका लागि साइन गरेको वुझिएको छ । यो फिल्मका हरेक सिरिजमा नयाँ नयाँ नायिका अनुवन्धित हुँदै आएका छन् ।

यसपटक भने वर्षाले ब्लकबस्टर फिल्मको पाँचौ सिरिजमा काम गर्ने पक्का भएको हो । यो फिल्मको आज शुभसाइत समेत हुँदैछ । भक्तपुरको सूर्यविनायक मन्दिरमा यो फिल्मको शुभसाइत गर्दै निर्माणपक्षले छायांकन सुरु गर्न लागेको हो ।

फिल्मलाई असोजको २४ गतेबाट रिलिज गर्ने पक्का भएको समेत निर्माणपक्षले जानकारी दिएको छ । फिल्ममा दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहनेछ । फिल्मलाई पोखरा, काठमाडौं र नुवाकोटमा छायांकन गरिनेछ ।

फिल्मको छायांकन ५० दिनमा सक्ने योजना निर्माणपक्षको छ । यसपटक कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिक कथावस्तु भन्दा केही पर रहेर सामाजिक कथावस्तुमा फिल्म बनाउने तयारी गरेका छन् ।

दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी पक्का भएका छन् । यो बर्षकै प्रतिक्षित रुपमा रहेको फिल्म ‘छक्का पन्जा ५’ले ऐतिहासिक रेकर्ड राख्ने अपेक्षा गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x