Todays Date: २०८२ मंसिर ११

निर्माता संघको अध्यक्षमा उदय र महासचिवमा खगेन्द्र विजयी

chu

निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतले पछि पार्दै नेतृत्व हात पारेका हुन् । कुल २८० मत खसेकोमा सुब्बाले १५३ र थापाले १२६ मत प्राप्त गरे ।

त्यस्तै, महासचिवमा कलाकार तथा ‘पशुपति प्रसाद’का निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी किरण नेपाललाई २७ मतले पराजित गर्दै १५२ मत ल्याए भने किरणले १२५ मत पाए ।

सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी किसान पोखरेलले ११२ मत पाउँदा गिरीले १५९ मत प्राप्त गरे ।

उपाध्यक्षमा ‘दिमाग खराब’का निर्माता रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् भने कोषाध्यक्षमा ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल निर्विरोध छानिएका छन् ।

सदस्य पदमा पनि ७ जना सर्वसम्मत निर्वाचित भए । चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्यमा चुनिएका हुन् । ९ जना सदस्यमा ७ जनाको मात्र आवेदन परेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x