Todays Date: २०८३ जेष्ठ २७

निर्माता दिलीप पौडेलको निधन

dilip poudel

‘ज्वाला’ र ‘जीवन सङ्घर्ष’ जस्ता फिल्मका निर्माता दिलीप पौडेलको ७४ वर्षको उमेरमा बुधवार राति निधन भएको छ । क्यान्सरसम्बन्धी उपचारका क्रममा उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै उनले राजेश हमाल, सिर्जना बस्नेत, सुनील थापा, सरोज खनाल, कृष्टी मैनाली, रुपा राना, हरिप्रसाद रिमाल, हरिहर शर्मा, सुभद्रा अधिकारी, टीका पहाडी, मदनदास श्रेष्ठलगायतका कलाकारलाई समेटेर ‘ज्वाला’ फिल्म निर्माण गरेका थिए ।

७४ वर्षीय उनले नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका थिए । उनले राजधानीको डिल्लीबजारबाट आनन्द लेखापढी सेन्टर सञ्चालनमा ल्याएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी संघको सस्थापक अध्यक्षसमेत रहेका उनले काठमाडौंको ओम शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिमपानी कबाब घर सञ्चालन गर्दै आएका थिए ।

पौडेलको अन्तिम संस्कार बुधवार राति नै पशुपति आर्यघाटमा सम्पन्न गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x