Todays Date: २०८२ मंसिर ११

‘अभिमन्यु’को ‘मरौँ ज्यानले’ गीतमा प्रेम साट्दै कामेश्वर र लक्ष्मी

Screenshot 2025 11 20 160432

मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको सस्पेन्स-थ्रिलर फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक गरिएको छ । प्रेमिल भावना व्यक्त यस गीतमा सुरेश बादलको शब्द रहेको छ भने सुशान्त गौतमको स्वर तथा संगीत छ । सुशान्त यो फिल्मका निर्देशक समेत हुन् । उनले यसअघि संगीत भरेको ‘सुन सुन सुन्दरी’ गीत दर्शकमाझ लोकप्रिय छ ।

गीतको भिडियोमा फिल्मका मुख्य जोडी कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाबीचको प्रेम र संघर्षलाई देखाइएको छ । बाहिर कठोर देखिने व्यक्तिको भित्री हृदय नौनीझैँ कोमल हुने सन्देश बोकेको गीतले प्रेममा एक-अर्काप्रतिको समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ । गीतले दर्शकमा प्रेमिल भावना जागृत गर्ने देखिन्छ ।

सर्वकालीन ब्लकस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्ममा कामेश्वर र लक्ष्मीसहित सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल, अनिल कुर्मी, आभा प्रधान लगायतको अभिनय रहेको छ । फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् । यसमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको यो फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यसमा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x