Todays Date: २०८२ मंसिर ११

२०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो ‘परान’

paran

फिल्म ‘परान’ ले २०८२ सालको नेपाली बक्सअफिसमा नयाँ रेकर्ड कायम गरेको छ। प्रदर्शनको २१ औँ दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ ग्रस कमाएर यस वर्षको सर्वाधिक कमाउने नेपाली फिल्मको स्थितिमा पुगेको छ।

यससँगै ‘परान’ ले अनमोल केसी अभिनीत रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कुल कमाइलाई पनि उछिनेको छ। ‘जेरी अन टप’ ले सोही समयावधिभित्र १२ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो।

दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ को बक्सअफिस यात्रा अझै पनि मजबुत छ। फिल्मले विकडेजमै दैनिक ३० देखि ५० लाख रुपैयाँ सम्म औसत कमाइ गरिरहेकाले आगामी सप्ताहन्त अर्थात् शुक्रबार र शनिबारसम्ममा फिल्मले १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ।

बलियो वर्ड अफ माउथ र दर्शकको निरन्तर रुचिले फिल्मको प्रदर्शनलाई उकासिरहेको छ। देशभित्र सफल प्रदर्शनपछि अब ‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

‘परान’ को सफलता यस वर्षको नेपाली बक्सअफिसका लागि ठूलो उपलब्धि बनेको छ।

कात्तिक १४ गते रिलिज भएको ‘परान’लाई दीपक प्रसाद आचार्यको निर्देशन गरेका छन् । फिल्मको कथा पनि उनी आफैँले लेखेका छन् ।

यो फिल्मको मुख्य भूमिकामा नीर शाह, महेश त्रिपाठी, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङलगायतका कलाकारको अभिनय छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x