Todays Date: २०८३ बैशाख १७

निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म कंगारु’ निर्माण गर्दै

फिल्म ‘लाखे’का निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म कंगारु निर्माणको घोषणा गरेका छन । उक्त फिल्म राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएको थियो ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मको निर्माताद्वय प्रेम थापा र धन बहादुर गुरुङको रहेको छ ।

फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता रहेको यो फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलिया) रहेको छ । फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ जानकारी प्राप्त भएको छ ।

फिल्म कंगारु’घोषणा पछी एबि फिल्मीसंग कुरा गर्दै निर्देशक बस्नेत भन्छन्–‘मैले लाखेलाई एक्सन जनरामा निर्माण गरेको थिएँ । यसपछि दर्सकहरुको रोजाईको अहिले चलिरहेको नयाँपन दिनको लागि दुई बर्षको अथक परिश्रम गरेर लगाएर कथा तयार गरिएको जानकारी दिएका छन । उनले थपे यसपटक कंगारु’ हेरे पछि दर्सकहरुले केहि फरक न नयाँ पक्कै पाउनेछ्न । यो कंगारु’ लाई फाल्गुणदेखि छायांकन गर्ने जसको लागि विभिन्न कलाकारहरुसङ्ग कुराकानी भैरहेको केही समयमा सार्वजनिक गर्ने जनाइएको छ ।

निर्देशक सम्राट बस्नेतले यसपटक केहि नयाँ एबम फरक स्वाद पस्कने फिल्म कंगारु’ लाई एबि फिल्मी तर्फबाट सफलताको शुभकामना व्यक्त गर्दछौं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x