News

बहराइनको रास्ट्रीय दिवसको अबसरमा  “नेफिन सांगीतिक साँझ-२०२३” हुदै

received 1049196719455145

यही आगामी १६ डिसेम्बर २०२३ का दिन नेपाल आदिवासी जनजाती महासंघ बहराईनले बहराईन राष्ट्रको राष्ट्रिय दिवसको अबसरमा डेल्मोन इन्टरनेशनल होटेलमा नेपालका आमन्त्रित कलाकारहरु चर्चित लोक तथा आधुनिक गायिका तारा श्रीस मगर, चर्चित भर्सटायल गायिका अस्मिता अधिकारी तथा चर्चित भर्सटायल गायक  सुरेश लामाको साथ “नेफिन सांगीतिक साँझ-२०२३” गर्दैछ ।

नेपाल आदिवासी जनजाती महासंघ बहराईनका  आबद्ध नेपाल मगर संघ बहराइन , तमू समाज बहराइन , किरात याक्थुङ चुम्लुङ बहराइन ,  नेपाल तामाङ घेदुङ बहराइन ,किरात राई यायोक्खा बहराइन सह आयोजक रहेको छ  ।

१६ डिसेम्बर २०२३, शनिबारका दिन बहराईनवासी सम्पूर्ण नेपालीहरुलाई  मनोरञ्जन गराउने हेतुले नेपालबाट “नेफिन सांगीतिक साँझ-२०२३” कार्यक्रमको आयोजना गर्न गईरहेको हुँदा, उक्त कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्जन लिनुहुन तथा कार्यक्रमलाई सभ्य-भब्य रुपमा सफल पारिदिनु हुनका लागि बहराईनमा स्थापित सबै सामाजिक संघ-संस्था, संगठन, व्यावसायी, बुद्धिजीवी,समाजसेवी कलाकार, पत्रकार लगायत आम बहराईनवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुलाई उपस्थित भै भब्य , सभ्य र अनुशाशीत रूपमा  बनाइदिनु हुनको लागि नेपाल आदिवासी जनजाती महासंघ बहराईनका अध्यक्ष नरेन्द्र घलेले जानकारी दिएका छन ।

कार्यक्रमको उदेश्य के भनेर सोधिएको एक प्रस्नमा नेपाल आदिवासी जनजाती महासंघ बहराईनका  साँस्कृतिक संयोजक  लोकेन्द्र केदेमले एबि फिल्मि संग कुरा गर्दै उक्त कार्यक्रमबाट सङ्कलित कुल रकमको केही अंश नेपालमा रहेका अनाथ बालबालिकाहरुको शिक्षा तथा पठन-पाठन एवम् असहाय बृद्ध-बृद्धाहरुको पालन-पोषणको लागि सहयोग गरिने जानकारी दिएका छन ।

तपशिल
मिति:- १६ डिसेम्बर -२०२३ (शनिबार )
समय:- साँझ- ७ बजे देखि
स्थान:- डेल्मोन ईन्टरनेशनल होटल मानमा   (गोल्ड्सिटीको ठिक अगाडि )
टिकट दर :- ५ बि डि मात्र

थप जानकारीका लागि सम्पर्क नम्बरहरु-
साँस्कृतिक संयोजक: लोकेन्द्र केदेम लिम्बू  ३६९७८७०१ , साँस्कृतिक सह-संयोजक भिम गुरुङ ३६५८४७२१ ,३६५९५९०२ , ३३२८१३४६ ,

received 370205585671214
Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments