सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ केदार घिमिरेले साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच एक औपचारिक रुपमा संझौता भएको छ । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको छ ।
कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । उनले, यसअघि फिल्म रामकहानी’मा अभिनय गरेका थिए । कलाकार केदार घिमिरेले फिल्ममा काम गर्ने संझौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको बताएका छन ।फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।
फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ छन् । टीका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलीया) कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट(अष्ट्रेलीया) रहेको छ ।फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (युके)ले पनि सहकार्य गरेको छ । फिल्मका प्रोडक्सन डिजाइनर दिलीप पन्त छन् ।
फिल्म कंगारु’ सम्झौता पछि एबि फिल्मीसंग कुरा गर्दै निर्देशक बस्नेत भन्छन्–फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको र उनले थपे यसपटक कंगारु’ हेरे पछि दर्सकहरुले केहि फरक न नयाँ पक्कै पाउनेछ्न भनेर बताएका दिएका छन ।
