Todays Date: २०८३ जेष्ठ ११

विदेशी महोत्सवमा अवार्ड जितेको ‘कठपुतली’को प्रदर्शनसँगै चल्मलाउँदै नेपाली फिल्म उद्योग

काठमाडौं । नेपली फिल्म ‘कठपुतली’ले शुक्रबारदेखि प्रदर्शन थालेको छ। कोरोना महामारीपछि ठप्प रहेको नेपाली फिल्म उद्योग ‘कठपुतली’को प्रदर्शनसँगै केही चल्मलाएको छ।

सम्पदा मल्लको लेखन तथा भिमसेन लामाको निर्देशन रहेको फिल्म ‘हरर’ जनरामा बनेको छ। फिल्ममा कर्मा, उषा रजक, शिल्पा मास्के, गौरी मल्ल, मिथिला शर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

कठपुतलीसँगै शुक्रबारदेखि नै हलिउड फिल्म ‘घोष्टबस्टरः आफ्टरलाइन’ पनि प्रदर्शनमा आएको छ। ज्यासन रेटम्यनको निर्देशनमा बनेको फिल्म सुपरनेचुरल कमेडी जनरामा बनेको छ। फिल्ममा क्यारी कुन, फिन उल्फहार्ड, मिकेना ग्रेस, पउल रुडलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

दुईवटा नयाँ फिल्म आए पनि दबदबा भने ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पाः द राइज’कै रहेको छ। तेस्रो हप्तामा चलिरहँदा अधिकांश मल्टिप्लेक्सले ४० प्रतिशत शो ‘पुष्पा’लाई दिएका छन् भने ‘स्पाइडर म्यान’ २५ प्रतिशत शोका साथ प्रदर्शन भइरहेको छ। त्यस्तै‚ ‘कठपुतली’ले २० प्रतिशत शो पाएको छ।

प्रदर्शनको पहिलो दिन ‘कठपुतली’मा दर्शकको उपस्थिति औषत रहेको छ। बुधबार भएको फिल्मको प्रिमियरमा फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x