Todays Date: २०८३ जेष्ठ १२

‘चिसो एस्ट्रे’ टिजर सार्वजनिक, गाउँले मदनलाई सहरिया बन्ने रहर

काठमाडौं । सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ। टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ।

चैत ४ मा प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन्। उनले आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा चलचित्रमा प्रस्तुत गरेको बताएका छन्।

‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, चलचित्र यही विषयमा केन्द्रित रहेको छ’, दिनेशले भने। दिनेशले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौँ पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका चलचित्र महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।

निर्देशक दिनेशले कवि भूपि शेरचनले धेरैअघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र चलचित्र उनको सोही विम्बबाट प्रभावित भएको पनि बताए।

चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्।

निर्माणमा भने महेशबाबुलाई प्रवीन स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन्। चलचित्रको सह-निर्मातामा भने रुपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन्।

चलचित्रको लेखन, निर्देशन र चलचित्रको गीत लेखन दिनेशले गरेका छन्। चलचित्रमा संगीत भने अजर जंगमको रहेको छ। उज्ज्वल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

नोबेल फ्रिक्सको पार्श्र्व संगीत रहेकाे चलचित्रमा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ। चलचित्रलाई काठमाडौँमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x