Todays Date: २०८३ जेष्ठ ११

चलचित्र ‘कौसीद’ को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कौसीद’को टिजर सार्वजनिक गरिएको छ ।

यो चलचित्रको टिजरमा मुख्य कलाकार भोला सापकोटालाई मात्र देखाइएको छ । पिँजडामा खरायो बोकेर धुलो टकटक्याउँदै गरेका भोलाको गेटअप फरक छ । यो चलचित्रले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइलाई पर्दामा उतारेको छ ।

‘कौसीद’को टिजरले पिँजडामा परेको खरायोको उन्मुक्ति र वित्तीय ऋणमा परेको मानिसको उन्मुक्तिको भाव बोकेको छ ।

यो चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई मुख्य भूमिकामा छन् । चलचित्रको निर्माता केदार भुसाल हुन् । चलचित्रमा कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सहनिर्माता लक्ष्मण बानियाँ रहेका छन् ।

निर्देशक भाष्करकै पटकथामा तयार भएको यो चलचित्रको कथा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् । निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ ।

चलचित्रको प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x