Todays Date: २०८३ जेष्ठ १२

क्राइम थ्रीलर टिभी सिरिज ‘क्राइम प्याट्रोल’ प्रिमियर

काठमाडौं । टिभी सिरिज क्राइम प्याट्रोलको वर्ल्ड प्रिमियर गरिएको छ । शुक्रबार राजधानीको बिग मूभिजमा आयोजित कार्यक्रममा विशाल सापकोटा निर्देशित सिरिजको प्रथम प्रदर्शनी आयोजना गरियो ।

आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीमा क्राइम प्याट्रलको पहिलो सिजन प्रसारण हुने भएको छ । सिरिजलाई अभिनेता तथा निर्माता दीपकराज गिरीले होस्ट गर्ने भएका छन् ।

यसअघि कान्तिपुर टिभीमा प्रसारण हुँदै आएको क्राइम प्याट्रल अब भने ग्यालेक्सीमा प्रसारण हुन लागेको हो । नेपाल प्रेससँग कुरा गर्दै अभिनेता तथा होस्ट दीपकराज गिरीले पहिलो सिजन मात्र होस्ट गर्ने बताए ।

‘त्यसपछि म फिल्मका काममा सक्रिय हुुन्छु र त्यसपछिको जिम्मा साथीहरुलाई दिनेछु’ उनले भने । क्राइम थ्रीलर सिरिजको रुपमा क्राइम प्याट्रल नेपाली टिभी दर्शकमाझ चर्चित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x