News

‘यो जीवन मिठो’ गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण काफ्ले र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘यो जीवन मिठो’को सार्वजनिक भएको छ ।

गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन छ । भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको भिडियोमा भुवन लोहनी र अञ्जली दियाली फिचर्ड छन् ।

सुमन दाहाल निर्देशित भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको छायांकन र रेनिस फागोको रंग संयोजन छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments