काठमाडौं । अभया सुब्बाको ‘लैजाऊ मलाई’ बोलको गीत सार्वजनिक भएको छ।
अभया एन्ड स्टिम इन्जिन्स ब्याण्ड स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो।
अभया सुब्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा डिल्ली फोम्बो र अस्मि श्रेष्ठको अभिनय रहेको छ। जसको निर्देशन विभूषण श्रिजोङहाङ सुब्बाले गरेका हुन् भने छायांकन सुमित श्रेष्ठको हो।
बुधबार आयोजित कार्यक्रममा अभिनेत्री मल्लिका महत, गायिका इन्दिरा जोशी, पूर्वमिस नेपाल माल्भिका सुब्बा, अल्ट्रारनर मिरा राई लगायतको उपस्थिति रहेको थियो।