Todays Date: २०८३ जेष्ठ १२

मेलिना राईको ‘फूलहरु मगमग’ (भिडियो सहित)

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको अभिनय छ ।

भिडिओमा मोडल सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफै र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडिओलाई दशकभन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवंम निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडिओ निर्माण गर्ने निर्देशकको परिचय बनाएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडिओ एवं फिल्म समेत छायांकन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x