काठमाडौं । दोहनको जाँतोमुनि पिल्सिइरहेको कालीगण्डकी नदीको विलापलाई गीतका मार्फत बाहिर ल्याइएको छ ।
नदी–सभ्यता जोगाउन उद्धत ‘कालीगण्डकी बचाऔँ अभियान’ले जागरण गीतका रुपमा ‘ए कालीगण्डकी…हे आमा गण्डकी’ सार्वजनिक गरेको हो ।
कवि श्रवण मुकारुङको शब्द–संगीत र गायक कर्ण दासको स्वर रहेको गीत ‘सेवा इन्टरटेनमेन्ट’को यट्युब च्यानलमा उपलब्ध रहेको अभियानका संयोजक आरके अदिप्त गिरीले जानकारी दिए । गीतको संगीत संयोजन रिदम कँडेलले गरेका छन् ।