Todays Date: २०८३ जेष्ठ १२

‘ह्यारीकी प्यारी’ मार्फत् चलिचत्र क्षेत्रमा फर्किए डा. भोला रिजाल, मुख्य कलाकारमा साम्राज्ञी र जितु नेपाल

काठमाडौं । बारम्बार सुटिङ मिति सरेको फिल्म ‘‘ह्यारीकी प्यारी’को अन्तत सुटिङ सुरु भएको छ । गीतकार तथा स्त्री रोग विशेषज्ञ भोला रिजालका छोरा कपिल रिजालको निर्देशन रहेको फिल्मको मंगलबारबाट पर्वतमा सुटिङ सुरु भएको हो ।

जितु नेपालको मेकअप गर्दै गरेको फोटो राख्दै सुटिङ गर्न लागेको जानकारी गराएका हुन् । सुटिङमा जानुअघिसम्म यो फिल्मको नाम ‘श्रीमान वान्टेड’ रहेको थियो । तर निर्माण टिमले सुटिङ हुने समयमा फिल्मको नाम परिवर्तन गरेको हो । फिल्ममा विजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल आदिको पनि अभिनय रहनेछ ।

फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । यो फिल्मले जोडी खोज्ने कथालाई प्रस्तुत गर्ने बताइएको छ ।

भुवन केसी निर्देशित ‘ड्रिम्स’मा निर्माता रहेका कपिल रिजालले लन्डनमा केही सर्ट फिल्मको सुटिङ गरेका छन् । नेपालमा भने उनले पहिलो पटक फिचर फिल्मको निर्देशन गर्न लागेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x