काठमाडौं । सविता परियार र खेमराज गौतमको स्वरमा ‘सुर्ती चेपेर’ गीत सार्वजनिक भएको छ।
यसको शब्द सविताकै हो भने संगीत गायक खेमराजले नै भरेका हुन्।
लोक भाकामा रहेको उक्त गीतको संगीत संयोजन सुनील परियारले गरेका हुन्।
समिर रमदमको निर्देशन रहेको गीतको भिडियोमा सरद एल जि र आरती परियारको अभिनय तथा नृत्य छ।
भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन निर्देशक रमदमले नै गरेका हुन्।