Todays Date: २०८३ जेष्ठ १२

रंगकर्मी विजय बराल र प्रमिला खनालको ‘तिम्रो याद आयो’ (भिडियो)

काठमाडौं । रंगकर्मी विजय बराल र प्रमिला खनालको जोडी पहिलो पटक एउटै म्युजिक भिडियोमा देखिएको छ।

गोपाल लोहारको शब्द, सविन सुवेदीको स्वर तथा दीपक शर्माको संगीत रहेको ‘तिम्रो याद आयो’ बोलको गीतको भिडियोमा विजय र प्रमिला सँगै देखिएका हुन्।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियोमा धन कमाउन परदेशिएका श्रीमान् र श्रीमान्‌को प्रतीक्षामा रहेकी श्रीमतीको कथा देखाइएको छ। आफ्नो जहानको प्रेमले गर्दा परदेशबाट फर्किएको पात्रको भावना व्यक्त गर्दै गीत गाइएको छ।

श्याम तामाङले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x